यता औंसी हुदा उता टल्कीएछ जस्तो !!
मुटु छाडी अन्त कतै ढल्किएछ जस्तो !!
सम्हाल्ने प्रयास मा छु आफ्नो मन लाइ
रोक्दा रोक्दै लाग्छ आँशु छल्किएछ जस्तो !!
थाकी सके जली सके प्रवास मा म त
निभाउदा लाग्छ मुटु सल्किएछ जस्तो !!
आँखा पनि हारीसके प्रतीक्षा मा तिम्रो
कुर्दा कुर्दै लाग्छ मन बल्किएछ जस्तो !!
शब्दशब्द बोल्दा तिखो बाण हान्छौ किन
दिंदा दिंदै चोट दिन पल्किएछ जस्तो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
Tuesday, January 6, 2015
Monday, January 5, 2015
गजल- बली रा'की छु म यहाँ
हेर्न आऊ अगेनीमा बली रा'की छु म यहाँ !!आफु भित्र दन्किएर जली रा'की छु न यहाँ !!
टाढा भए तिमीबाट आफन्तको निम्ती आज
चोटै चोट ले लाश सरी ढली रा'कि छु म यहाँ !!
जता हेर्छु अन्धकारै देख्न थाल्छु आजभोली
नचाहदै आँशु मा नै गली रा'की छु म यहाँ !!
बढारेको कसिंगर झै बाहिर फ्याकिए पनी
सहँदै ती घृणा हरु चली रा'कि छु म यहाँ !!
खुशी धेरै छु भनी देखाउदै समाज लाई
निर्दोष यो आत्मासंग छली रा'कि छु म यहाँ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
(गजल) देशको सेवा
देशको सेवा गर्न जागौ हामी नेपाली !!सपुत सहिद लाइ चढाउँ श्रन्दाजली !!
थिचिएछौ संधै कुर्सीको हानथाप मा
स्वार्थी हरु बढदा भयो देश कंगाली !!
दिनै आकासिदै छ धनका शक्तिशाली
देख्दछु कहीं अझै दरिद्रता मा बिचल्ली !!
सिमा मा नजर लाग्दै छ दक्षिणी आँखा
पुर्खाको चिनो हाम्रो भुमी राख सम्हाली !!
बगाउनु पर्छ राष्ट्र लाई रगत साराले
चिन्नेछन् तिम्लाई सबले विर गोर्खाली !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
Sunday, January 4, 2015
मेरो बारेमा
आफ्नो बारेमा भन्नु पर्दा म कुनै बरिष्ठ साहित्यकार होइन न कुनै ठुलो गजलकार नै हु !म एक साहित्य प्रेमी हु,त्यही नाम ले चिनीन चाहन्छु ! जसरी एक आमाले बच्चालाई निस्वार्थ माया गर्छिन त्यसरी नै म साहित्यलाई माया गर्छु ! आउदा दिन हरुमा पनी एसरी नै माया गर्नेछु आफै सित प्रतिबद्दता गर्छु !
म सानो हुँदा बाट नै साहित्य प्रती रुची राख्थे ! त्यो प्रेणा मेरो बुवा बाट पाएकी हु , किन कि मेरो बुवाले कविता गित रच्नु हुन्थ्यो,लेख्नु हुन्थ्यो कविता वाचन गर्नु हुन्थ्यो गित गुनगुनाउनु हुन्थ्यो ! म स्कुल को किताब छोडेर लुकी लुकी बुवाको डाएरी पढ्न तिर लाग्थे !त्यो बेला मा अहिले जस्तो एसरी साहित्य फस्टाएको पनि थिएन एसरी साहित्यको कुनै महत्व दिदैन थियो ! र पनि बुवा एक दुई कार्यक्रम मा प्रथम दृत्य मा पुरस्कृत भएको याद छ ! म एती खुशी हुन्थे अनि मलाई कविता लेख्न उत्साहित गर्थ्यो ३,४ लाइनको लेख्थे ! उपन्यास उर्दु गजल हरुको किताब हरु पढ्न मन लाग्थ्यो हिन्दि उपन्यास समिर को धेरै नै मन पराउथे ! यसै बीच समय परिस्थिती नमिलेर भनौ या कसैको साथ नपाएर भनौ मैले साहित्यलाई निरन्तरता दिन सकिन चाहना हुदा हुदै पनि म टाढा रहन बाध्य भए ! जब म प्रवास मा छिरे अली अली २,४ लाइन कविता मुक्तक जस्तै मिलाएर कापीमा कोर्न थाले ! कापी कलम सित खेल्न थाले !यसै बीच सोसल नेटवर्क जस्तै हाइ फाई,आए फेसबुक को दुनिया मा गजल विधा बिस्तारै प्रगती तिर लम्किदै गएको देखे ! ठुला ठुला अग्रज हरुको गजल अध्यन गर्थे कविता ,हाइकु ! मलाई पनी चाह बढ्दै गयो बिस्तारै बिस्तारै गजल विधा अध्यन गर्न थाले !अनी जानी नजानी कोर्न थाले गजल, मुक्तक,छेस्का हाइकु ! रमाउन थाले साहित्य दुनिया मा लाग्यो मलाई मेरो चाहना पुरा हुदैछ ! मन को भावना, पिडा, खुशी.दु:ख खोलेर पोख्ने माध्यम भेटे !एसरी नै म साहित्य लाइ माया गर्न थाले आज म यो गजल,मुक्तक विधालाइ अपनाएर अगाढी बढेको पनी ६ साल भैसकेछ समय कसरी बित्यो पत्तै पाइन ! अझै पनि सिक्दै छु साहित्यलाई गहिरिएर बुझ्न बाकी नै छ जस्तो लाग्छ ! म साहित्यलाई नै मेरो जीवनको एक अंग मानेर अगाडी बढ्न थालेकी छु , बढ्नेछु,र भविष्यमा बढिनै रहने छु !
धन्यबाद
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
हाल इजराएल

Friday, January 2, 2015
(गजल) मरण छ
सिरसिर बतास निलो गगन छ !!यो मन उसकै यादमा मगन छ !!
बेमतलब दुनिया कहाँ के भयो
मायाको त एउतै मात्र लगन छ !!
गीत संगीत मा मस्त छन् संसार
आफुलाई प्रेमकै धुन तरंगन छ !!
मन्दिर मस्जिद केको लागी धाउनु
लाग्छ शिरमा मेरो उसकै चरण छ !!
हुन सक्दिन टाढा मिठा याद संग
वियोगमा पक्कै 'बसु'को मरण छ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
Thursday, January 1, 2015
(गजल) बुझ्दै छु
त्यसैले गुमाएको अस्तित्व खोज्दै छु !!
लाग्थ्यो पहिले टुटेर बिखरिए जस्तो
वास्तविक जीवन आज भोली भोग्दै छु !!
पराई देश बिरानी यो शहर आज
आफ्नो ठान्नु बाध्य किन भयो सोच्दै छु !!
कती पींडा हुन्छ आत्मा मारेर जिउनुमा
भन्छन रे मैले त नौलो बस्ति रोज्दै छु !!
निर्दोषी लाइ दोषी आरोप पारी दियौ
तर पनि विधाता तिमीलाई नै पुज्दै छु !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
(गजल) चाह मेरो
तिमी लाई यी नै आँखाले हेरीरहने चाह मेरो !!
तिम्रो धड्कन बनी सास फेरीरहने चाह मेरो !!
तिमी र म टाढा रहनु बाध्य नै पो थियो प्रिय
बाँकी रहयो अँगालो मा बेरीरहने चाह मेरो !!
जती सम्झ्यो उती झन तिम्रो यादले पिरोल्छ
तिम्रो नै नाम मा गजल केरीरहने चाह मेरो !!
जता हेर्छु आफै लाईनै रित्तो मात्र देख्न थाल्दछु
सधैँ तिम्लाई माया जालले घेरीरहने चाह मेरो !!
सास फेर्न गाह्रो भो हरे तिमी बिना मलाई यहाँ
तिम्रै निम्ती यी इच्छा मेरा सेरीरहने चाह मेरो !!

Subscribe to:
Posts (Atom)