Monday, April 20, 2015

विश्व नेपाली साहित्य महाँसंघ इजरायल शाखा द्वारा संयुक्त गजल संग्रह 'सगरमाथा देखी मृतसागर सम्म'को बिमोचन कार्यक्रम तथा नयाँ समिती चयन का केही तस्बिर हरु !








Saturday, March 7, 2015

गजल {नारी}

दुश्मनको लागी म त काल बन्न चाहन्छु 
आफन्त जोगाउने एक ढाल बन्न चाहन्छु !!

कमजोर नारी ठानी न हेप्नु कहिले पनी
हांसी हांसी शत्रु छोप्ने जाल बन्न चाहन्छु !!

मन्द मन्द सुसाउदै नदी बनी बग्नेछु
भै परी आए उर्लिदै छाल बन्न चाहन्छु !!

जान्दीन छलकपट साधारण नारी हु 
फटाहा सामु चेसको चाल बन्न चाहन्छु !!

नारी अधिकार किन माग्नु नै पर्छ र 
देऊ सम्मान पवित्र ताल बन्न चाहन्छु !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Wednesday, March 4, 2015

सुनकोशी बनसाँघु मा.बि.मा सहयोगार्थ तिन जना बच्चाहरु लाइ छात्रबृती 'नेपाल मुक्तक प्रतिष्ठान' 

Sunday, March 1, 2015

{गजल} चाह मेरो

छैन ठुलो नाम कमाउने चाह मेरो
मात्र एकैछिन मुस्काउने चाह मेरो !!

भनिन्छ चाहना कैले पो पुरा हुन्छ र
तर पनी छैन केही पाउने चाह मेरो !!

गर्न चाहदीन म कुनै  सोह्र सृंगार      
छैन कसै लाई लोभ्याउने चाह मेरो !!

सबै जना लागेको देख्छु धन को पछी
गरीबी माया अपनाउने चाह मेरो !!

धेरै दु:ख थोरै खुशी पाए पनी पुग्छ
त्यही खुशी मा नै रमाउने चाह मेरो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Friday, February 27, 2015

कविता {प्रणय दिवस }

प्रणय दिवस तिमी
फेरी आयौ 
प्रेमको बर्षात छर्दै
कती हर्ष उल्लास
हरेक प्रेम जोडी मुहार 
दंग छन् तीम्रो
आगमनले
हो दंग छन
तिम्रो आगमनले !

बिछोडमा तड्पिएका
प्रेम जोडी हरु
कोहिले सरापे होला
तिमीलाई त कोही
आफु भित्र समाहित
प्रेमिल पल उजागर गर्दै
आभार प्रकट गर्दै होलान!

कोही भन्छन प्रेमको
कुनै दिन हुदैन
न समय न महिना न साल 
त्यो पनी सत्य हो
प्रेम अबरोध कुनै आजसम्म
हतियार बनेका छैनन
न एसको रुप छ
न त रंग नै
न पखालिने डर
न बिग्रने डर
अचल अटल निडर छ
प्रेम हो निडरछ प्रेम !

यसले न उमेरलाइ छोड्यो
न जातलाई 
न त गरिबीलाई 
हर एकको दिलमा बसेको
हुन्छ प्रेम
आत्मा मा बस्छ प्रेम
यो बिना मानव देखी पशु पन्छी
को अस्तित्व अधुरो
अनि अपुरो छ
एती अमुल्यवान छ प्रेम
न खोजेर पाइन्छ
न त किनेर नै !

फेरी किन स्वीकार्न सक्दैनौ 
यस्लाई एक दिवसको
नाममा स्वागत गर्न ?
यो प्रश्नले बारम्बार
घच्चाउने गर्छ मलाई !
मात्र युवा युवतीको
लागी होइन यो दिवस 
बच्चा देखी वृद्धा हरु सम्म
उतिकै महत्वपूर्ण छ
यो प्रणय दिवस !

आऊ तिमीलाई म
हर्दय खोलेर स्वागत गर्छु
मेरो तनमनमा समाहीत
गराउन चाहन्छु
तिम्रो स्पर्शलाई अंगालेर 
चुम्न चाहन्छु 
हो म पागल सरी
प्रेम प्यास मेटी 
तृप्त हुन चाहन्छु 
हो म बस 
तृप्त हुन चाहन्छु !!

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Thursday, February 19, 2015

(गजल)किन रुन्छौ आमा

सम्झिदै मलाई किन रुन्छौ आमा ?
पिंडा त्यो आँशुले सधै धुन्छौ आमा 

फर्कि आउने छु पक्कै आफ्नो घर
दुनियाको कुरा फेरी सुन्छौ आमा !

पुजिरहेकी छु सधैँ तिम्रो तस्बिर
कैले बिरानो झैं तिमी हुन्छौ आमा !

पुकारेकी हुन्छु दिनै यहाँ  बाट
लाग्छ नसुने झै कान थुन्छौ आमा !

म पनी तडपिएकी छु एक्लै यहाँ
अनेकौ ति कुरा किन गुन्छौ आमा ?
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Friday, February 13, 2015

[गजल] पुजाको थाली मलाई

तिमी बिना लाग्छ जिन्दगी खाली मलाई
प्यारो लाग्छ किन तिम्रो त गाली मलाई !!

माया प्रेम कस्तो रहेछ बुझ्दै छु मैले 
गल्ती भए नभन्नु कैले जाली मलाई !!

माया को फूलबारी गोडौला मिलेर नै
सक्छौ भने बनाई देउन् माली मलाई !!

समर्पण गर्छु यो दिल आज तिमीलाई
के बनाउन् सक्छौ?पुजाको थाली मलाई !!

थिए म नी कुनै बेला फक्रिएको फूल
नसम्झी दिऊ भाँचिएको डाली मलाई !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही