२०७२ बैसाख १२ र २९ गते
हाम्रो देशमा अचानक
हाम्रो देशमा अचानक
एस्तो बिपत्ती आयो
जसले कती मानव
धन बाली को साथ
गाँउ शहर
नंग्याएर गयो
कती काख रित्तिए
त कती पुछिए सिउदोहरु
अनाथ भए कती बालबालिकाहरु !!
न हतियार थियो
न कुनै गोला बारुद
तै पनी रगताम्मे भए
नाश भयो बरबात भयो
चारै तिर छरिए
मानब लाश हरु !
भत्किए हाम्रा
गौरबमय सन्तती हरु
कती सपना
भताभुंग भयो
कती चाहना रहर छरिएर गए !!
हतास थिए जो कोही यहाँ
डर त्रासमा थर्थराएका
निर्दोष मानब यहाँ !
घर बिहिन
छानो बिनाको जीवन
पालमा बिताउन बाध्य भए
न गाँस थियो
न त बास नै थियो हजुर
जता ततै थिए त
केबल डर त्रास हरु !!
बग्यो आँशुका भेल यहाँ
नारायणी गण्डकी सरह
कहीं फेवाताल बने
त कहीँ रारा ताल जम्यो !
न भक्कानिएर रुन सक्यौ
न गुहार माग्न नै
हेरी बस्न बाध्य भयौ
आफ्ना र आफन्तको लाश हरु !!
कस्को के नै लाग्थ्यो र
प्रकृती को अगाडी
न छेक्न सक्थ्यौ
न सक्थ्यौ रोक्न नै
निर्जीव नयन भए
सजीव आत्मा थिए
हरएक मानव यहाँ
एउटा जिउदो लाश थियो !!
देउता पनी मौन रहे
यो दैबी प्रकोप मा
लाचार भई हेरी बसे
आफ्ना भक्तका
बिभतस्व अनी विवसता
न आए देबदुत यहाँ
न कोइ मसिहा
मात्र आइरहे बारम्बार
विपत्ति का मुस्लाहरु
कहिले हावाहुरी को रुपमा
कैले बाढी पहिरो बनी
बगाएर लग्यो
भत्काएर गयो
नेपाल आमाको कोखमा
पल पल लात हानेर गयो
रुवाएर गयो
मुर्छित बनाएर गयो
गरीब लाचार बनाएर गयो
टुहुरा,अपांग बनाएर गयो
यो निर्दयी भूकम्प
यो दानबी भूकम्प !!
बसु श्रेष्ठ

basu ji ,धन्येबाद हजुर लाई जोकि सम्पुर्न हामी नेपाली को पीडा लाई एक पाना म समेट्न सक्छेम हुनु भयो,येति राम्रो शब्द मा।हमेसा हजुर को कलम ले सफल्ता को सिखर चुमोस ,सधै हजुर को प्रगती को गुन गान सुन्न पाहियोस।मेरो भग्वान ले हजुर लाई त्यो शक्ति प्रदान गरून्।
ReplyDeleteधेरै धेरै धन्यबाद यहाँलाई समधुर कम्प्लिमेन्ट को लागी
ReplyDelete