Sunday, July 26, 2015

भानु गजल

भानु गजल
भानु तिमीले हामी नेपाली लाइ' ठुलो गुन दिएर गयौ 
हाम्रो अमुल्य पहिचान भाषा तिम्ले सुन दिएर गयौ !!

अन्धकारमा थियो भेषभूषा, भाषासाहित्य अनि संस्कृती
तीनै सबै हटाई नेपाल लाइ, तिमी जुन दिएर गयौ !!

भाषासाहित्य बिना यो नेपाल,जस्तै खल्लो तरकारी
तिमीले त्यो तरकारी लाइ थोरै नुन दिएर गयौ !!

सोच्न नसक्ने संगीत बिनाको यो हाम्रो राष्ट्रिय गित
त्यसमा शुर ताल सहितको मिठो धुन दिएर गयौ !!

पक्कै बेरंगी हुने थियौ हामी अनी हाम्रो सम्पदा हरु
भानु तिमीले शान्तिको प्रतिक सेतो चुन दिएर गयौ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

राष्ट्रिय बिभुती भानुभक्तको २०१ जन्म  जयन्ती यसरी मनाइयो केहि तस्बिर हरु 




















दयनीय महा भूकम्प

२०७२ बैसाख १२ र २९ गते
 हाम्रो देशमा अचानक 
एस्तो बिपत्ती आयो
जसले कती मानव
धन बाली को साथ 
गाँउ शहर 
नंग्याएर गयो
कती काख रित्तिए
त कती पुछिए सिउदोहरु 
अनाथ भए कती बालबालिकाहरु !!

न हतियार थियो 
न कुनै गोला बारुद
तै पनी रगताम्मे भए
नाश भयो बरबात भयो 
चारै तिर छरिए
मानब लाश हरु !
भत्किए हाम्रा 
गौरबमय सन्तती हरु 
कती सपना 
भताभुंग भयो
कती चाहना रहर छरिएर गए !!

हतास थिए जो कोही यहाँ
डर त्रासमा थर्थराएका
निर्दोष मानब यहाँ !
घर बिहिन 
छानो बिनाको जीवन
पालमा बिताउन बाध्य भए
न गाँस थियो 
न त बास नै थियो हजुर
जता ततै थिए त 
केबल डर त्रास हरु !!

बग्यो आँशुका भेल यहाँ
नारायणी गण्डकी सरह 
कहीं फेवाताल बने
त कहीँ रारा ताल जम्यो !
न भक्कानिएर रुन सक्यौ
न गुहार माग्न नै 
हेरी बस्न बाध्य भयौ
आफ्ना र आफन्तको लाश हरु !!

कस्को के नै लाग्थ्यो र 
प्रकृती को अगाडी
न छेक्न सक्थ्यौ 
न सक्थ्यौ रोक्न नै
निर्जीव नयन भए  
सजीव आत्मा थिए
हरएक मानव यहाँ
एउटा जिउदो लाश थियो !!

देउता पनी मौन रहे 
 यो दैबी प्रकोप मा
लाचार भई  हेरी बसे
आफ्ना भक्तका  
बिभतस्व अनी विवसता 
न आए देबदुत यहाँ 
न कोइ मसिहा 
मात्र आइरहे बारम्बार 
विपत्ति का मुस्लाहरु
कहिले हावाहुरी को रुपमा
कैले बाढी पहिरो बनी
बगाएर लग्यो
भत्काएर गयो
नेपाल आमाको कोखमा
पल पल लात हानेर गयो
रुवाएर गयो
मुर्छित बनाएर गयो
गरीब लाचार बनाएर गयो
टुहुरा,अपांग बनाएर गयो 
यो निर्दयी भूकम्प
यो दानबी भूकम्प !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Monday, April 20, 2015

विश्व नेपाली साहित्य महाँसंघ इजरायल शाखा द्वारा संयुक्त गजल संग्रह 'सगरमाथा देखी मृतसागर सम्म'को बिमोचन कार्यक्रम तथा नयाँ समिती चयन का केही तस्बिर हरु !








Saturday, March 7, 2015

गजल {नारी}

दुश्मनको लागी म त काल बन्न चाहन्छु 
आफन्त जोगाउने एक ढाल बन्न चाहन्छु !!

कमजोर नारी ठानी न हेप्नु कहिले पनी
हांसी हांसी शत्रु छोप्ने जाल बन्न चाहन्छु !!

मन्द मन्द सुसाउदै नदी बनी बग्नेछु
भै परी आए उर्लिदै छाल बन्न चाहन्छु !!

जान्दीन छलकपट साधारण नारी हु 
फटाहा सामु चेसको चाल बन्न चाहन्छु !!

नारी अधिकार किन माग्नु नै पर्छ र 
देऊ सम्मान पवित्र ताल बन्न चाहन्छु !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Wednesday, March 4, 2015

सुनकोशी बनसाँघु मा.बि.मा सहयोगार्थ तिन जना बच्चाहरु लाइ छात्रबृती 'नेपाल मुक्तक प्रतिष्ठान' 

Sunday, March 1, 2015

{गजल} चाह मेरो

छैन ठुलो नाम कमाउने चाह मेरो
मात्र एकैछिन मुस्काउने चाह मेरो !!

भनिन्छ चाहना कैले पो पुरा हुन्छ र
तर पनी छैन केही पाउने चाह मेरो !!

गर्न चाहदीन म कुनै  सोह्र सृंगार      
छैन कसै लाई लोभ्याउने चाह मेरो !!

सबै जना लागेको देख्छु धन को पछी
गरीबी माया अपनाउने चाह मेरो !!

धेरै दु:ख थोरै खुशी पाए पनी पुग्छ
त्यही खुशी मा नै रमाउने चाह मेरो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही