Wednesday, December 31, 2014

गजल= नयाँ बर्ष

पहिला जस्तै आज फेरी नवं बर्ष आयो !!
अनौठो एक मेरो मन भित्र खुशी छायो !!

बिरही गित सधै भरी नै गुन गुनाउथे
यो मनले आज किन प्रेम गित गायो !!

नास्तिक नै थियो मन मेरो कुनै बेला
आज तिम्रो आग्मनमा मन्दिर पो धायो !!

सत्य स्वागत गर्छु म यो आत्मा देखी नै
यी हात ले देब सामु कसम जो खायो !!

पबित्र प्रेम निश्वार्थ भावना लिई आयौ
मेरो जीवन मा हर्ष अनी रंगीन छायो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

Tuesday, December 30, 2014

(कविता) जिन्दगी

कहिले उजाड लाग्छ
कहिले बहार छाउछ !
हुरीबतास संगै उडी कहाँ पुग्छ
 न गन्तब्य भेट्छ
न गोरेटो पहिल्याउछ !
समय को साथ चल्दै  जादा
कहिँ बिच रोकिए जस्तो
ठोकिएको जस्तो,
न आकार दिन्छ
न साकार भेटिन्छ !
समय चक्र संगै जेलिदै
भुमरी मा फस्दै जाने
निस्कने प्रयास मा अझै
निसासिदै प्राण त्याग्छ !
प्रेम सागर डुब्लुकी मार्दै
कहिले मोती भेट्छ कहिँ पत्थर
तर हार मान्दैन
 फेरी प्रेम खोज्छ नयाँ
रमाउन चाहन्छ
सपना बुन्छ अनि कल्पना
हराउदै जान्छ बिना स्वार्थ
जब पाउदैन निस्वार्थ प्रेम
टुक्रिएर छरिन्छ
बिखरिन्छ चारै तिर
छरिएर का एक एक टुक्रा
जोड्न बर्षौ बिताई दिन्छ
जोडिन्छ भन्ने
न समय तोकिन्छ
न आधार न भरोसा
हो यही हो जिन्दगी
यस्तै हो जिन्दगी
अमुल्य जिन्दगी
मुल्य हिन जिन्दगी
जसरी बुझ्दछौ त्यही हो जिन्दगी !!
>>>>>>
बसु श्रेष्ठ
भैरहवा रुपन्देही


(गजल) डर लाग्छ मलाई

आफ्नो ठानी बोलौ भने डर लाग्छ मलाई !!
पराई हौ किन तिम्रै भर लाग्छ मलाई !!

निराशाले भरिदा नि जिन्दगीका खाताहरु
भगवानको तिमी एक बर लाग्छ मलाई !!

हिड्दा हिंड्दै ठोक्किएर लड्दा अनायासै
तिम्रै नाम लिन किन कर लाग्छ मलाई !!

आफन्तको भिंड मा पनि अनाथ भइदिंदा
तिम्रो माया आश्रयको घर लाग्छ मलाई !!

कल्पना मा मात्र तिम्रो साथ् पाउछु सधैं
यथार्थ मा किन तिमी पर लाग्छ मलाई !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

(गजल) लुक्न देउ अझै

फलेको डाली सरी झुक्न देऊ अझै !!
आलिंगन मा तिम्रो लुक्न देऊ अझै !!

निराशा पन अनि पींडा बिर्सिएर
बन्धन बाट फुक्न देऊ अझै !!

लड्दैछु संधै अतितका याद संग
निशाना बाट चुक्न देऊ अझै !!

बगी रहेछ आँशु भेल बनी
त्यो भेल लाइ सुक्न देऊ अझै !!

दौड़ी दिन्छु घरी घरी पागल झै
यो पागल पन रुक्न देऊ अझै !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही


(गजल) जे पनी गर्न सक्छु

भनी हेर तिमी जे पनी गर्न सक्छु म
तिम्रो लागी हाँसी खुशीले मर्न सक्छु म !! 

भो छोड रिसाउन् तिमी गल्ती त मेरै हो
दिनु माफी प्रिय त्यो पाउ पर्न सक्छु म !!

यदी भन्छौ भने गाँस बास नै त्याग्नेछु
दु:ख को धेरै जंघारहरू तर्न सक्छु म !!

छोडी तिम्रो निम्ती आफन्तको साथ नै
नौलो खुशीयाली  बहार छर्न सक्छु म !!

आइ देउन आफ्नो सम्झी फर्केर तिमी
नत्र धर्ति बाट  बसाई सर्न सक्छु म !!

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Monday, December 29, 2014

(गजल) प्रतिक्षा मा

ढुक ढुकी चल्दै छ प्रतिक्षा मा तिम्रो 
दिल मेरो जल्दै छ प्रतिक्षा मा तिम्रो !!

बुझेर नी अबुझ भै बसेछौ तिमी
देह आज ढल्दै छ प्रतिक्षा मा तिम्रो !!

कस्तो नाता जोड्न म पुगेछु नी प्रभु
आशा पनी गल्दै छ प्रतिक्षा मा तिम्रो !!

हाँसो दिन्छु भन्यौ अनी स्वीकारी लिए
फुस्रो हाँसो बल्दै छ प्रतिक्षा मा तिम्रो !!

त्यागी दिए तिम्रो निम्ती आफन्त लाई
त्यही गल्ती खल्दै छ प्रतिक्षा मा तिम्रो !!

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

(गजल) कल्पिरहे के नै भयो

तिम्रो सम्झना मा कल्पिरहे के नै भयो र?
आँखा मा आँशु नै छल्किरहे के नै भयो र ?

तिमी लाई हेर्ने चाह धेरै  थियो नै तर 
अन्तिम मा आँखा टल्किरहे के नै भयो र ?

माया त मैले गरेकै थिय आफुलाई बिर्सी
तर पनी मन यो बल्किरहे के नै भयो र ?

प्रयास गरे मन को जलन निभाउन् मैले
भित्र भित्रै मुटु सल्किरहे के नै भयो र ?

साथ दिने बाचा गर्यो तिम्ले तर अन्तमा
अर्कै सित नै पो पल्किरहे के नै भयो र ?

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

(गजल)'मन दुखाउने हरु

अरु को मन दुखाउने हरु धेरै छन् !!
आफ्ना ती गल्ती लुकाउने हरु धेरै छन् !!

रोएको हुन्छ हर्दय यो तिखो शब्दले 
आँशुको खिल्ली उडाउने हरु धेरै छन् !!

आफु शिखर चढनको निम्ती नी यहाँ
अर्काको शिर झुकाउने हरु धेरै छन् !!

भरोसा अनी विश्वासको रस पिलाई
धोका दिएर चुकाउने हरु धेरै छन् !!

हिम्मत बन्छु एकदिन तिम्रो भनेर
आफन्त संग छुटाउने हरु धेरै छन् !!

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Saturday, December 27, 2014

मुक्तक







१-हुन सक्छ तिम्रो पनि  होला मजबुरी
तर मैले मागेकी थिएन एस्तो दुरी
तिमी दुख्दा म कहाँ खुशी थिए र प्रिय
छोडी बाटो लाग्दा मागेनौ किन मन्जुरी !!

२-आफनै कसम आफै तोडी भागे पछी
माया को बदला मा घृणा जागे पछि
सम्बन्ध छोट्टाउन बाध्य भए आज 
तिरस्कार ले सिमा रेखा नाघे पछि !!

३-जिन्दगी ले दिएका हजारौ चोट छन
अनी त त्यसलाई जित्ने अठोट छन
गरीब भनेर हिजो सम्म दुत्कार्ने हरु
हेर आज मेरो साथ् मा लाखौ नोट छन !!

४-कस्लाइ सुनाउ र खै अभाब जिन्दगीको
निकालेर फाली दिन्छु तनाब जिन्दगीको
के पाए अनी गुमाए कती हारे कती जिते
गरेकी छैन् आज सम्म हिसाब जिन्दगीको !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

'गजल' आभाष भेट्छु

तिमिमा आफ्नोपन र आभाष भेट्छु !!
उजाडिएको जिन्दगी मधुमास भेट्छु !!

रुढिबाद समाज यो स्वार्थी संसार छ
बेखबर बनीदिन्छौ म बिन्दास भेट्छु !!

आफन्तले तिरस्कार  गरे नि के भो र
म त तिम्रै सहारा मा  एक आश भेट्छु !!

भो चाहिदैन मलाई कुनै सिस महल
त्यो मायालु अधरमा आफ्नो बास भेट्छु !!

सक्दिन होला अब त तिम्रो साथ बिना
हाम्रो दुरीमा बसुको पक्कै लाश भेट्छु !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही