Saturday, March 7, 2015

गजल {नारी}

दुश्मनको लागी म त काल बन्न चाहन्छु 
आफन्त जोगाउने एक ढाल बन्न चाहन्छु !!

कमजोर नारी ठानी न हेप्नु कहिले पनी
हांसी हांसी शत्रु छोप्ने जाल बन्न चाहन्छु !!

मन्द मन्द सुसाउदै नदी बनी बग्नेछु
भै परी आए उर्लिदै छाल बन्न चाहन्छु !!

जान्दीन छलकपट साधारण नारी हु 
फटाहा सामु चेसको चाल बन्न चाहन्छु !!

नारी अधिकार किन माग्नु नै पर्छ र 
देऊ सम्मान पवित्र ताल बन्न चाहन्छु !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Wednesday, March 4, 2015

सुनकोशी बनसाँघु मा.बि.मा सहयोगार्थ तिन जना बच्चाहरु लाइ छात्रबृती 'नेपाल मुक्तक प्रतिष्ठान' 

Sunday, March 1, 2015

{गजल} चाह मेरो

छैन ठुलो नाम कमाउने चाह मेरो
मात्र एकैछिन मुस्काउने चाह मेरो !!

भनिन्छ चाहना कैले पो पुरा हुन्छ र
तर पनी छैन केही पाउने चाह मेरो !!

गर्न चाहदीन म कुनै  सोह्र सृंगार      
छैन कसै लाई लोभ्याउने चाह मेरो !!

सबै जना लागेको देख्छु धन को पछी
गरीबी माया अपनाउने चाह मेरो !!

धेरै दु:ख थोरै खुशी पाए पनी पुग्छ
त्यही खुशी मा नै रमाउने चाह मेरो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही