Saturday, January 31, 2015

मेरो मौनता प्रेम

आज पनी ताजा छन 
मेरो मौनताको प्रेम
न कहिले व्यक्त गरे 
न त इशारा नै दिए 

 यो मानसपटलमा
घुमिरहन्छ त्यो प्रतिबिम्ब
जसको चित्र सजाए थे 
आँखा को गहिराइ मा

बिहानीको चिसो बतास
मन्द तालमा मुस्काउदै
तनमन छोएर जादा
तिम्रो आगमनको न्यानो 
स्पर्स तब पाउथे 

त्यसै लजाइ दिन्थ्यो
यी मेरा दुई नयन
जब टकराउन जान्थ्यो
नशालु ती नजर संग
सत्य 

सुन्य लाग्थे शहरको कोलाहल
हुदैन थियो तिम्रो दर्सन
यो कस्तो प्रेम थियो
 लगाव या आदत
न बुझायौ न बुझ्न सके

हो मेरो पहिलो प्रेम थियौ
पहिलो एहसास
त्यसैले मौन थियो
मौन रह्यो र मौनता मै बिलायो
मन मष्तिक मा छाप
छोड्यो नमेटिने गरी !!
श्रेष्ठ बसु
भैरहवा रुपन्देही  

(गजल) हारेर थाकिन बाबा

खुशी भन्दा बढी त मागीन बाबा
छोडी आफ्नो कर्तब्य भागीन बाबा !!

थाहा थियो जीवन संघर्ष भन्ने
दुश्मन को पछी म लागीन बाबा !!

अघी बढे जुटाई हिम्मत मैले
लड्दै गए हारेर थाकीन बाबा !!

दु:ख पछी सुख त आउने रैछ
त्यो आशाले रातमा जागीन बाबा !!

सधैं सादा जीवन बाँचेकी थिए
नौ रंगी त्यो खुशी नी ताकीन बाबा !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Thursday, January 22, 2015

{गजल} चट्टान यहाँ फोडी रहेछु

सुखको कल्पनामा दु:ख का झार गोडी रहेछु
हिरा पाउने आस् मा चट्टान यहाँ फोडी रहेछु !!

थोरै मुस्काउने प्रयासमा झन आफु लाई नै 
बिस्तारै आँशुका भेल संग नाता जोडी रहेछु !!

सुनौलो बिहानीको खोजीमा कहाँ भौतारिए खै
थाहाँ नपाई आफन्त लाई आफै नै छोडी रहेछु !!

हिम्मत को साथमा हिडेकी थिए गन्तब्य तिर
कम्जोर सिपाही जस्तै आफ्नो हौस्ला तोडी रहेछु !!

जिन्दगी भेट्ने झुटो आशमा नबुझ्ने गरी आज
मृत्यु का गोरेटो लाई स्वयं आफै  मोडी रहेछु !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

{गजल} कहाँ गयौ तर्केर

किन हेर्नु त्यसै त्यसै उनलाई कर्केर !!
साथ दिन खोज्दैछिन कहाँ गयौ तर्केर !!

बोल्छिन रे सधैंभरी मिठो बोली उनीले 
जहीले जवाब तिमी किन दिनु  झर्केर !!

नगर न तिरस्कार अरुको त्यो भाबना
मन दु:खी आँखा बाट वर्षा हुन्छ दर्केर !!

अतितको घाउ बल्ल पुरिदैथ्यो उनीको
भो नजाउ मर्ने छिन फेरी बेथा चर्केर !!

तिमीलाई एकदिन त्यो मायाले पोल्नेछ
रुदै फर्की आउनेछौ उनी माझ फर्केर !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Sunday, January 18, 2015

नेपाल मुक्तक प्रतिष्ठान साखको पहिलो साधारण सभाका तस्बिरहरु

साधारण सभामा पाल्नु भएका अतिथि ज्यु को साथमा आजीवन सदस्य
हरु !





नेपाल मुक्तक प्रतिष्ठानका सदस्य ज्युहरुको साथमा
महामहिम राजदुत श्री प्रल्हाद प्रसाई ज्युबाट कार्यकारी सदस्यताको पद  एवं प्रमाण पत्र ग्रहण गर्दै !


साहित्य यात्रामा अविस्मरणीय क्षणका केहि तस्बिर हरु

बनसाँघु मा.बि.मांखा मा तिन बिधार्थीलाइ छात्रवृतिको लागि रु.चारलाख हस्तान्तरण !











न्युज अभियान का पत्रकार एव बिश्व साहित्य महान संघ का उपाध्क्षय् सागर श्रेष्ठ ज्यु को साथमा !

सुनकोशी माखा मा गएको भिषण पहिरो पछि निरक्षण गर्नको लागि पुगेको केन्द्रका पदाधिकारीको साथमा !
नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका पदाधिकारी द्वारा स्वागत ग्रहण गर्दै !


मुक्तक प्रतिष्ठान का सदस्य श्री बिष्णु बहादुर सिंह बाट उपहार ग्रहण गर्दै !

Tuesday, January 13, 2015

{गजल} रमाइलो रात को

भो भो नगर त्यो रमाइलो रातको कुरा
अंगालोमा बाधी गरेको ति बातको कुरा !!

जुनेली  रात थ्यो आँखा मा आँखा जुधाएर
नसम्झाउ मातेको हाम्रा तिनै साथको कुरा !!

रंगिन् त्यो  प्रहर ले सजेका हाम्रा पल हरु
बेहोस् भै हराको अचम्मित मातको कुरा !!

शिर राखी काख्मा तिमी मुस्कुराउदा खेरी
घायलै बनाउने  नशालु त्यो घातको कुरा !!

लाजले मुहार तिमी छाती भित्र लुकाउदा
मायालु  स्पर्सले सुम्सुमीने हातको कुरा !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Monday, January 12, 2015

{कविता} शसक्त भाब

खुशी तरंगित भएर
समुन्द्री छाल झै उर्लिन्छ
ती छालमा उर्लिदै जादाँ
कहिले माथी फेरी गहिराई
माथी निलो गगन
गहिराईमा प्रीत मोती
जो प्रिय अनी मोहक लाग्छ !!
कहिले भावना को राप
याद आगोमा मुस्लिएर
धुवाँ धुवाँ सरी हुन्छ तनमन
त्यो तड्प जलन आहा
कती प्यारो दिलदार
जलाउछ,तड्पाउछ रुवाई
अनी हसाई  दिन्छ !!
अनौठो छ कम्पन कतै
 प्यास,तृष्णा अनी चाहत,
डर त्रास,भय अपूर्णता को
नयन वर्षात अधुर्यता को
उफ्फ़ !!
नदी झै सुस्ताउदै बग्नु
दुई किनार छुदै जिस्किदै
मस्किदै चंचल वायु को
साथ मन्द मन्द ध्वनी छर्दै
कहिले हरिया बन पाखा
लोभ्याउदै  कहिँ सुर्यको ताप
वाफिदै चट्टान सित ठोक्किदै !!
भावनाको गहिराई मा  डुब्न
अनी रमाउन कती मज्जा
भोली कसले देखेको छ
जिउनु  मजा आज पो छ
भबिस्य हो या वर्तमान
जे छ मजा भाव र चाहको
सपना, कल्पना मै भेट्छु !!
पागल ठान,बहुरुपी वा अर्थहीन
म आफु हुनुको अर्थ,र रुप
यहीं भेट्छु बस मात्र यहीं नै !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही



Saturday, January 10, 2015

{गजल} गाली नभन्नु न हजुर

गरीबै छु  तर पनी कंगाली नभन्नु न हजुर !!
झुटो बोल्दैमा कैले नि जाली नभन्नु न हजुर !!

मनले चाहेर सकीन् कैलेई बन्न पवित्र गंगा
त्यो फोहर बगाउने नाली नभन्नु न हजुर !!

जानीछु बाग बगीचा म हेर चाह गर्न पनी
बिना काम नाम मात्र माली नभन्नु न हजुर !!

कमी होला शिक्षा तर सभ्यताको पक्कै नि छैन
असभ्यता भरिएको गाली नभन्नु न हजुर !!

पाए सम्म जलमल यहाँ सफ्रिने थिए होला
त्यसरी तँ बिग्रिएको बाली नभन्नु न हजुर !!

साथ पाए बन्न सक्छु तिम्रो आश्रयको घर पनी
हेला गरी भत्किएको पाली नभन्नु न हजुर !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Tuesday, January 6, 2015

(गजल) यता औंसी हुँदा

यता औंसी हुदा उता टल्कीएछ जस्तो !!
मुटु छाडी अन्त कतै ढल्किएछ जस्तो !!

सम्हाल्ने प्रयास मा छु आफ्नो मन लाइ
रोक्दा रोक्दै लाग्छ आँशु छल्किएछ जस्तो !!

थाकी सके जली सके प्रवास मा म त
निभाउदा लाग्छ मुटु सल्किएछ जस्तो !!

आँखा पनि हारीसके प्रतीक्षा मा तिम्रो
कुर्दा कुर्दै लाग्छ मन बल्किएछ जस्तो !!

शब्दशब्द बोल्दा तिखो बाण हान्छौ किन
दिंदा दिंदै चोट दिन पल्किएछ जस्तो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही



Monday, January 5, 2015

गजल- बली रा'की छु म यहाँ

हेर्न आऊ अगेनीमा बली रा'की छु म यहाँ !!
आफु भित्र दन्किएर जली रा'की छु न यहाँ !!

टाढा भए तिमीबाट आफन्तको निम्ती आज
चोटै चोट ले लाश सरी ढली रा'कि छु म यहाँ !!

जता हेर्छु अन्धकारै देख्न थाल्छु आजभोली
नचाहदै आँशु मा नै गली रा'की छु म यहाँ !!

बढारेको कसिंगर झै बाहिर फ्याकिए पनी
सहँदै ती घृणा हरु चली रा'कि छु म यहाँ !!

खुशी धेरै छु भनी देखाउदै समाज लाई
निर्दोष यो आत्मासंग छली रा'कि छु म यहाँ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

(गजल) देशको सेवा

देशको सेवा गर्न जागौ हामी नेपाली !!
सपुत सहिद लाइ चढाउँ श्रन्दाजली !!

थिचिएछौ संधै कुर्सीको हानथाप मा
स्वार्थी हरु बढदा भयो देश कंगाली !!

दिनै आकासिदै छ धनका शक्तिशाली
देख्दछु कहीं अझै दरिद्रता मा बिचल्ली !!

सिमा मा नजर लाग्दै छ दक्षिणी आँखा
पुर्खाको चिनो हाम्रो भुमी राख सम्हाली !!

बगाउनु पर्छ राष्ट्र लाई रगत साराले
चिन्नेछन् तिम्लाई सबले विर गोर्खाली !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

Sunday, January 4, 2015

मेरो बारेमा

आफ्नो बारेमा भन्नु पर्दा म कुनै बरिष्ठ साहित्यकार होइन न कुनै ठुलो गजलकार नै हु !म एक साहित्य प्रेमी हु,त्यही नाम ले चिनीन चाहन्छु ! जसरी एक आमाले बच्चालाई निस्वार्थ माया गर्छिन त्यसरी नै म साहित्यलाई माया गर्छु ! आउदा दिन हरुमा पनी एसरी नै माया गर्नेछु आफै सित  प्रतिबद्दता गर्छु !
म सानो हुँदा बाट नै साहित्य प्रती रुची राख्थे ! त्यो प्रेणा मेरो बुवा बाट पाएकी हु , किन कि मेरो बुवाले कविता गित रच्नु हुन्थ्यो,लेख्नु हुन्थ्यो कविता वाचन गर्नु हुन्थ्यो गित गुनगुनाउनु हुन्थ्यो ! म स्कुल को किताब छोडेर लुकी लुकी बुवाको डाएरी पढ्न तिर लाग्थे !त्यो बेला मा अहिले जस्तो एसरी साहित्य फस्टाएको पनि थिएन एसरी साहित्यको कुनै महत्व दिदैन थियो ! र पनि बुवा एक दुई कार्यक्रम मा प्रथम दृत्य मा पुरस्कृत भएको याद छ ! म एती खुशी हुन्थे अनि मलाई कविता लेख्न उत्साहित गर्थ्यो ३,४ लाइनको लेख्थे ! उपन्यास उर्दु गजल हरुको किताब हरु पढ्न मन लाग्थ्यो हिन्दि उपन्यास समिर को धेरै नै मन पराउथे ! यसै बीच समय परिस्थिती नमिलेर भनौ या कसैको साथ नपाएर भनौ मैले साहित्यलाई निरन्तरता दिन सकिन चाहना हुदा हुदै पनि म टाढा रहन बाध्य भए ! जब म प्रवास मा छिरे अली अली २,४ लाइन कविता मुक्तक जस्तै मिलाएर कापीमा कोर्न थाले ! कापी कलम सित खेल्न थाले !यसै बीच सोसल नेटवर्क जस्तै हाइ फाई,आए फेसबुक को दुनिया मा गजल विधा बिस्तारै प्रगती तिर लम्किदै गएको देखे ! ठुला ठुला अग्रज हरुको गजल अध्यन गर्थे कविता ,हाइकु ! मलाई पनी चाह बढ्दै गयो बिस्तारै बिस्तारै गजल विधा अध्यन गर्न थाले !अनी जानी नजानी कोर्न थाले गजल, मुक्तक,छेस्का हाइकु ! रमाउन थाले साहित्य दुनिया मा लाग्यो मलाई मेरो चाहना पुरा हुदैछ ! मन को भावना, पिडा, खुशी.दु:ख खोलेर पोख्ने माध्यम भेटे !एसरी नै म साहित्य लाइ माया गर्न थाले आज म यो गजल,मुक्तक विधालाइ अपनाएर अगाढी बढेको पनी ६ साल भैसकेछ समय कसरी बित्यो पत्तै पाइन ! अझै पनि सिक्दै छु साहित्यलाई गहिरिएर बुझ्न बाकी नै छ जस्तो लाग्छ ! म  साहित्यलाई नै मेरो जीवनको एक अंग मानेर अगाडी बढ्न थालेकी छु , बढ्नेछु,र भविष्यमा बढिनै रहने छु !
धन्यबाद
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
हाल इजराएल

Friday, January 2, 2015

(गजल) मरण छ

सिरसिर बतास निलो गगन छ !!
यो मन उसकै यादमा मगन छ !!

बेमतलब दुनिया कहाँ के भयो
मायाको त एउतै मात्र लगन छ !!

गीत संगीत मा मस्त छन् संसार
आफुलाई प्रेमकै धुन तरंगन छ !!

मन्दिर मस्जिद केको लागी  धाउनु
लाग्छ शिरमा मेरो उसकै चरण छ !!

हुन सक्दिन टाढा मिठा याद संग
वियोगमा पक्कै 'बसु'को मरण छ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

Thursday, January 1, 2015

(गजल) बुझ्दै छु

जिन्दगी के हो बल्ल अहिले पो बुझ्दै छु !!
त्यसैले गुमाएको अस्तित्व खोज्दै छु !!

लाग्थ्यो पहिले टुटेर बिखरिए जस्तो
वास्तविक  जीवन आज भोली भोग्दै छु !!

पराई देश बिरानी यो शहर आज
आफ्नो ठान्नु बाध्य किन भयो सोच्दै छु !!

कती पींडा हुन्छ आत्मा मारेर जिउनुमा
भन्छन रे मैले त नौलो बस्ति रोज्दै छु !!

निर्दोषी लाइ दोषी आरोप पारी दियौ
तर पनि विधाता तिमीलाई नै पुज्दै छु !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

(गजल) चाह मेरो

तिमी लाई यी नै आँखाले  हेरीरहने चाह मेरो !!
तिम्रो धड्कन बनी सास फेरीरहने चाह मेरो !!

तिमी र म टाढा रहनु बाध्य नै पो थियो प्रिय
बाँकी रहयो अँगालो मा बेरीरहने चाह मेरो !!

जती सम्झ्यो उती झन तिम्रो यादले पिरोल्छ
तिम्रो नै नाम मा गजल केरीरहने चाह मेरो !!

जता हेर्छु आफै लाईनै रित्तो मात्र देख्न थाल्दछु
सधैँ तिम्लाई माया जालले घेरीरहने चाह मेरो !!

सास फेर्न गाह्रो भो हरे तिमी बिना मलाई यहाँ
तिम्रै निम्ती यी इच्छा मेरा सेरीरहने चाह मेरो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही