Saturday, March 7, 2015

गजल {नारी}

दुश्मनको लागी म त काल बन्न चाहन्छु 
आफन्त जोगाउने एक ढाल बन्न चाहन्छु !!

कमजोर नारी ठानी न हेप्नु कहिले पनी
हांसी हांसी शत्रु छोप्ने जाल बन्न चाहन्छु !!

मन्द मन्द सुसाउदै नदी बनी बग्नेछु
भै परी आए उर्लिदै छाल बन्न चाहन्छु !!

जान्दीन छलकपट साधारण नारी हु 
फटाहा सामु चेसको चाल बन्न चाहन्छु !!

नारी अधिकार किन माग्नु नै पर्छ र 
देऊ सम्मान पवित्र ताल बन्न चाहन्छु !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

2 comments:

  1. मन छुने गजल बसु जी


    बन नारीहरुको ढाल तिमी।
    फटाहा र बदमासको काल तिमी।
    मुस्कान मा पनी लुकेका छन पिडा हरु
    साहीत्यको बुन्दै जाउ जाल तिमी।।

    ReplyDelete