Monday, December 29, 2014

(गजल) कल्पिरहे के नै भयो

तिम्रो सम्झना मा कल्पिरहे के नै भयो र?
आँखा मा आँशु नै छल्किरहे के नै भयो र ?

तिमी लाई हेर्ने चाह धेरै  थियो नै तर 
अन्तिम मा आँखा टल्किरहे के नै भयो र ?

माया त मैले गरेकै थिय आफुलाई बिर्सी
तर पनी मन यो बल्किरहे के नै भयो र ?

प्रयास गरे मन को जलन निभाउन् मैले
भित्र भित्रै मुटु सल्किरहे के नै भयो र ?

साथ दिने बाचा गर्यो तिम्ले तर अन्तमा
अर्कै सित नै पो पल्किरहे के नै भयो र ?

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

No comments:

Post a Comment