Tuesday, December 30, 2014

(गजल) डर लाग्छ मलाई

आफ्नो ठानी बोलौ भने डर लाग्छ मलाई !!
पराई हौ किन तिम्रै भर लाग्छ मलाई !!

निराशाले भरिदा नि जिन्दगीका खाताहरु
भगवानको तिमी एक बर लाग्छ मलाई !!

हिड्दा हिंड्दै ठोक्किएर लड्दा अनायासै
तिम्रै नाम लिन किन कर लाग्छ मलाई !!

आफन्तको भिंड मा पनि अनाथ भइदिंदा
तिम्रो माया आश्रयको घर लाग्छ मलाई !!

कल्पना मा मात्र तिम्रो साथ् पाउछु सधैं
यथार्थ मा किन तिमी पर लाग्छ मलाई !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

No comments:

Post a Comment