Tuesday, December 30, 2014

(गजल) जे पनी गर्न सक्छु

भनी हेर तिमी जे पनी गर्न सक्छु म
तिम्रो लागी हाँसी खुशीले मर्न सक्छु म !! 

भो छोड रिसाउन् तिमी गल्ती त मेरै हो
दिनु माफी प्रिय त्यो पाउ पर्न सक्छु म !!

यदी भन्छौ भने गाँस बास नै त्याग्नेछु
दु:ख को धेरै जंघारहरू तर्न सक्छु म !!

छोडी तिम्रो निम्ती आफन्तको साथ नै
नौलो खुशीयाली  बहार छर्न सक्छु म !!

आइ देउन आफ्नो सम्झी फर्केर तिमी
नत्र धर्ति बाट  बसाई सर्न सक्छु म !!

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

No comments:

Post a Comment