पहिला जस्तै आज फेरी नवं बर्ष आयो !!
अनौठो एक मेरो मन भित्र खुशी छायो !!
बिरही गित सधै भरी नै गुन गुनाउथे
यो मनले आज किन प्रेम गित गायो !!
नास्तिक नै थियो मन मेरो कुनै बेला
आज तिम्रो आग्मनमा मन्दिर पो धायो !!
सत्य स्वागत गर्छु म यो आत्मा देखी नै
यी हात ले देब सामु कसम जो खायो !!
पबित्र प्रेम निश्वार्थ भावना लिई आयौ
मेरो जीवन मा हर्ष अनी रंगीन छायो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

No comments:
Post a Comment