अरु को मन दुखाउने हरु धेरै छन् !!आफ्ना ती गल्ती लुकाउने हरु धेरै छन् !!
रोएको हुन्छ हर्दय यो तिखो शब्दले
आँशुको खिल्ली उडाउने हरु धेरै छन् !!
आफु शिखर चढनको निम्ती नी यहाँ
अर्काको शिर झुकाउने हरु धेरै छन् !!
भरोसा अनी विश्वासको रस पिलाई
धोका दिएर चुकाउने हरु धेरै छन् !!
हिम्मत बन्छु एकदिन तिम्रो भनेर
आफन्त संग छुटाउने हरु धेरै छन् !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
No comments:
Post a Comment