कहिले उजाड लाग्छकहिले बहार छाउछ !
हुरीबतास संगै उडी कहाँ पुग्छ
न गन्तब्य भेट्छ
न गोरेटो पहिल्याउछ !
समय को साथ चल्दै जादा
कहिँ बिच रोकिए जस्तो
ठोकिएको जस्तो,
न आकार दिन्छ
न साकार भेटिन्छ !
समय चक्र संगै जेलिदै
भुमरी मा फस्दै जाने
निस्कने प्रयास मा अझै
निसासिदै प्राण त्याग्छ !
प्रेम सागर डुब्लुकी मार्दै
कहिले मोती भेट्छ कहिँ पत्थर
तर हार मान्दैन
फेरी प्रेम खोज्छ नयाँ
रमाउन चाहन्छ
सपना बुन्छ अनि कल्पना
हराउदै जान्छ बिना स्वार्थ
जब पाउदैन निस्वार्थ प्रेम
टुक्रिएर छरिन्छ
बिखरिन्छ चारै तिर
छरिएर का एक एक टुक्रा
जोड्न बर्षौ बिताई दिन्छ
जोडिन्छ भन्ने
न समय तोकिन्छ
न आधार न भरोसा
हो यही हो जिन्दगी
यस्तै हो जिन्दगी
अमुल्य जिन्दगी
मुल्य हिन जिन्दगी
जसरी बुझ्दछौ त्यही हो जिन्दगी !!
>>>>>>
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
No comments:
Post a Comment