फलेको डाली सरी झुक्न देऊ अझै !!
आलिंगन मा तिम्रो लुक्न देऊ अझै !!
निराशा पन अनि पींडा बिर्सिएर
बन्धन बाट फुक्न देऊ अझै !!
लड्दैछु संधै अतितका याद संग
निशाना बाट चुक्न देऊ अझै !!
बगी रहेछ आँशु भेल बनी
त्यो भेल लाइ सुक्न देऊ अझै !!
दौड़ी दिन्छु घरी घरी पागल झै
यो पागल पन रुक्न देऊ अझै !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
No comments:
Post a Comment