ढुक ढुकी चल्दै छ प्रतिक्षा मा तिम्रो
दिल मेरो जल्दै छ प्रतिक्षा मा तिम्रो !!
बुझेर नी अबुझ भै बसेछौ तिमी
देह आज ढल्दै छ प्रतिक्षा मा तिम्रो !!
कस्तो नाता जोड्न म पुगेछु नी प्रभु
आशा पनी गल्दै छ प्रतिक्षा मा तिम्रो !!
हाँसो दिन्छु भन्यौ अनी स्वीकारी लिए
फुस्रो हाँसो बल्दै छ प्रतिक्षा मा तिम्रो !!
त्यागी दिए तिम्रो निम्ती आफन्त लाई
त्यही गल्ती खल्दै छ प्रतिक्षा मा तिम्रो !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

No comments:
Post a Comment