Saturday, January 10, 2015

{गजल} गाली नभन्नु न हजुर

गरीबै छु  तर पनी कंगाली नभन्नु न हजुर !!
झुटो बोल्दैमा कैले नि जाली नभन्नु न हजुर !!

मनले चाहेर सकीन् कैलेई बन्न पवित्र गंगा
त्यो फोहर बगाउने नाली नभन्नु न हजुर !!

जानीछु बाग बगीचा म हेर चाह गर्न पनी
बिना काम नाम मात्र माली नभन्नु न हजुर !!

कमी होला शिक्षा तर सभ्यताको पक्कै नि छैन
असभ्यता भरिएको गाली नभन्नु न हजुर !!

पाए सम्म जलमल यहाँ सफ्रिने थिए होला
त्यसरी तँ बिग्रिएको बाली नभन्नु न हजुर !!

साथ पाए बन्न सक्छु तिम्रो आश्रयको घर पनी
हेला गरी भत्किएको पाली नभन्नु न हजुर !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

No comments:

Post a Comment