Monday, January 12, 2015

{कविता} शसक्त भाब

खुशी तरंगित भएर
समुन्द्री छाल झै उर्लिन्छ
ती छालमा उर्लिदै जादाँ
कहिले माथी फेरी गहिराई
माथी निलो गगन
गहिराईमा प्रीत मोती
जो प्रिय अनी मोहक लाग्छ !!
कहिले भावना को राप
याद आगोमा मुस्लिएर
धुवाँ धुवाँ सरी हुन्छ तनमन
त्यो तड्प जलन आहा
कती प्यारो दिलदार
जलाउछ,तड्पाउछ रुवाई
अनी हसाई  दिन्छ !!
अनौठो छ कम्पन कतै
 प्यास,तृष्णा अनी चाहत,
डर त्रास,भय अपूर्णता को
नयन वर्षात अधुर्यता को
उफ्फ़ !!
नदी झै सुस्ताउदै बग्नु
दुई किनार छुदै जिस्किदै
मस्किदै चंचल वायु को
साथ मन्द मन्द ध्वनी छर्दै
कहिले हरिया बन पाखा
लोभ्याउदै  कहिँ सुर्यको ताप
वाफिदै चट्टान सित ठोक्किदै !!
भावनाको गहिराई मा  डुब्न
अनी रमाउन कती मज्जा
भोली कसले देखेको छ
जिउनु  मजा आज पो छ
भबिस्य हो या वर्तमान
जे छ मजा भाव र चाहको
सपना, कल्पना मै भेट्छु !!
पागल ठान,बहुरुपी वा अर्थहीन
म आफु हुनुको अर्थ,र रुप
यहीं भेट्छु बस मात्र यहीं नै !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही



2 comments:

  1. राम्रो लाग्यो !!
    अजै प्रयास गर्दै गर्नु,
    पढ्न पाई राखु !!

    ReplyDelete